• ७ पुस २०८१, आइतबार

हेटौँडा-१२ मा २६ सय मत खस्यो

blog

हेटौँडा १२ मा वडाध्यक्ष पदका लागिभएकको मतदानमा आइतबार विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान केन्द्रमा मतदान गर्दै एक मतदाता । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, मङ्सिर १६ गते । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा झण्डै २६ सय मतदाताले मतदान गरेका छन् ।

हेटौँडा वडा नं. १२ मा रहेको दुई वटा मतदानस्थलका मतदान केन्द्रहरुमा दुई हजार ५९८ जना मतदाताले मतदान गरेका हुन् । बिहान १० बजेसम्ममा २२ प्रशित अर्थात् एक हजार ७६९ जना मतदाताले मतदान गरेको थिए ।

बिहान ७ बजेबाट सुरुभएको मतदान कार्य शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा रहेको मतदान स्थलमा एक हजार २४ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान स्थलका मतदान केन्द्रहरुमा ७५४ मतदाताले मतदान गरेको जानकारी दिनुभयो । उहाँले वडाका सबै मतदान केन्द्रका मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको बताउनुभयो । 

मतदानलाई व्यवस्थितसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । मतदानलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवार र दलका प्रतिनिधि एवं स्वयंसेवक खटिएका छन् । ज्येष्ठ नागरिक र सशक्तहरुका लागि मतदान गर्न सहज व्यवस्था गरिएको छ ।

वडा नं. १२ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा छन् । वडा नं. १२ को दुई मतदान स्थलमा प्रति मतदान केन्द्र स्थानीय स्वयंसेवक एक जना र पाँच जना कर्मचारीसहित छ जना ५४ जना खटिएका छन् । 

आठ हजार ५३ मतदाता रहेको वडा नं. १२ को सिक्रेनीस्थित प्रतिभा मावि मतदान स्थलमा चार हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा तीन हजार ६२५ जना मतदाता छन् । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।