नलगाड नगरापालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म २ हजार ४ सय ६ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभयो ।
दाङमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । जिल्लामा २०८० सालमा चार सय चार जना एचआइभी सङ्क्रमित रहेकोमा अहिले बढेर चार सय ३७ पुगेको छ ।
उपनिर्वाचन अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलिमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आइतबार वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा उहाँले मतदान गर्नुभएको हो ।
जनकपुरमा हुने बिवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आउने जन्तीका लागि नेपालको मुख्य प्रवेश मार्ग मटिहानीमा स्वागतको तयारी पूरा भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा एक हजार ९०४ मत खसेको छ ।
बाँके जिल्लामा एचआइभी सङ्क्रमित हुनेका सङ्ख्या घट्दो छ । जिल्लामा आर्थिक वर्ष २०८०-०८१ मा १०१ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा हालसम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छन् ।
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भइरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो १ बजेसम्म ५१.१६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाइस–२०२५)’ गरिने भएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई)को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताउनुभएको छ ।