गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् ।
दृष्टिविहीन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।
सुन्तलाको प्रचार गरी बजार प्रवर्द्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने तयारी गरेका छन् । जिल्लाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने तयारी गरेका हुन् ।
छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।
नेपाल फार्मेसी परिषद्ले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोसाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सघाउने भएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता सङ्ख्याको ५५ प्रतिशत रहेको छ ।
जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज पदभार ग्रहण गर्नुभएको छ । कैलाली जिल्ला अदालतमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उहाँले कार्यभार सम्हाल्नु भएको हो ।
ताप्लेजुङमा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो ।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा १२ को वडाध्यक्ष पदका लागि आज आइतबार भइरहेको मतदानमा हालसम्ममा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ ।
गोरखा नगरपालिका-५ मा मतदान जारी छ । उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ५९ प्रतिशत मत खसेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेटवार्ता भएको छ । बुटवलमा भएको भेटवार्तामा सङ्घीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ ।
आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिँदैन भन्ने डर । लागूऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।