दैलेखको दुल्लु नगरपालिका –१३ मा नेकपा (एमाले) का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै विजयी हुनुभएको हो ।
डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ६ कोे वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजय हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ४६८ मतसहित उहाँ विजयी हुनुभएको हो ।
रोल्पाको रुन्टीगढी गाउँपालिका –४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्षमा निर्वाचित हुनु भएको छ। उपनिर्वाचनमा खसेको एक हजार दुईसय ९७ मतमध्ये ६ सय ४३ मत ल्याएर पुन मगर विजयी हुनु भएको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ । उहाँले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ को वडा अध्यक्षमा नेकपा (एमाले) का गंगाबहादुर तामाङ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २२२ मतले पछि पार्दै तामाङ विजयी हुनुभएको हो ।
शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो ।
जाजरकोट कुशे गाउँपालिका –७ को वडाअध्यक्षको लागि आज भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्म्ोदवार खम्ववहादुर सिंह विजयी हुनु भएको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो ।
सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि २०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ ।
सुनसरीको गढी गाउँपालिकामा आज सम्पन्न भएको उपनिर्वाचनपछि मतगणना सुरु भएको छ । सुरु भएको मतगणनाअनुसार ३०० मत गणना हुँदा गढी गाउँपालिका ६ को वडाध्यक्ष पदका लागि नेकपा (एमाले) का उम्मेदवार सन्तु उराँवले १०२ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
रुकुम पश्चिमको सानीभरी गाउँपालिका ५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतपेटिका गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लाखुरीबोटतर्फ लैजाँदै सुरक्षाकर्मी ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी व्जियी भयको छ । भरखर सकिएको मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार खड्कराज शाही विजयी हुनुभएको हो ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभएको छ।