म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विसं १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
दाङको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्ठोरिया भवानी मन्दिर ओझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा रहेको मन्ठोरिया भवानी मन्दिरको संरक्षणसँगै प्रचारप्रसार नहुँदा बर्सौंं पुरानो धार्मिक सम्पदा ओझेलमा परेको हो । मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःखकष्ट हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । सोही जनविश्वासका कारण पूजापाठसँगै माघी पर्वमा मन्ठोरिया मन्दिरमा तीन दिनसम्म मेलासमेत लाग्ने गर्दछ । स्थानीय गोविन्द चौधरी माघीसँगै मन्दिरमा मानिसलाई दुःखकष्ट परेका बेला, मनोकामना पूरा गर्नका लागि पूजाअर्चना हुने गरेको बताउनुहुन्छ । मानिसलाई दुःखकष्ट परेका बेला भाकल गर्ने गरिए पनि मन्दिरमा दैनिक रूपमा पूजापाठ भने
देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
एक समय थियो, जुन समयमा गाउँघरमा प्रशस्तै मात्रामा बरपिपलका चौतारा हुने गर्दथे । ती चौतारा सार्वजनिक रूपमा सभा, सम्मलेन, भेला तथा बैठक गर्नका लागि परिचित थिए । बढ्दो सहरीकरण, आधुनिकीकरण तथा विकासका नाममा जथाभाबी सडक खन्ने क्रममा मासिँदा अहिले ती चौतारा कमै मात्रामा देख्न पाइन्छ, अझभन्दा लोप नै हुने अवस्थामा पुगेका छन् । चौतारामा गरिने सभा, सम्मेलन, भेला तथा बैठक त अहिलेका पुस्ताले देख्नसमेत पाउन छाडेका छन् । नेपालीको मौलिक संस्कृति बोकेका बरपिपल रुखका चौतारा लोप हुँदै जाने क्रिमसँगै त्यहाँ गरिने सभा, सम्मेलन, भेला तथा बैठक पनि हराउँदै जान लागेका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
यही असार १० भित्र स्थानीय तहहरूले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान अनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाहरूले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका छन् । सोमबार कर्णालीका विभिन्न स्थानीय तहमध्ये धेरै जसोले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत गरेका पालिकाहरूले मुख्यतः शिक्षा, स्वास्थ्य, पुनर्निर्माण र कृषि तथा आयआर्जनलाई प्राथमिकता दिएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कैलालीका किसानले बोरिङको भरमा रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङ गरी तानेको पानीको भरमा रोपाइँ गर्न थालेको स्थानीय किसानले बताएका छन् । मध्य असार हुनै लाग्दा पनि खेतीपातीका लागि पर्याप्त पानी परेको छैन । विगतमा यो बेलासम्म हरियो देखिने खेत यस वर्ष सुक्खाले धुलाम्मे छन् । खेतीपातीको बेला भइसकेकाले पानी नपरेपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–८ का कृषक फिरङ्गी रानाले बताउनुभयो । “यत्तिका दिनसम्म आकासे पानीको पर्खाइमा बसेका थियौँ,” राना भन्नुहुन्छ, “तर अहिलेसम्म पानी परेन । बोरिङले सिंचाइ गरेर रोपाइँ थालेका छौंँ ।”
डडेलधुराको अजयमेरु गाउँपालिका–१, समैजी मुद्राड गाउँका स्थानीय महिला तरकारी खेती सिक्दै कमाउँदै आइरहेका छन् । कृषि ज्ञान केन्द्रले किसानका बारीमै प्रशिक्षक पठाइ सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आइपिएम (इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट, एकीकृत शत्रुजीव व्यवस्थापन) कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका करिब ३० भन्दा बढी महिलाले तरकारी खेती गरिरहेका छन् । सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै महिलाले भेडेखुर्सानी उत्पादन गरेका छन् ।
बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार, मेलौली नगरपालिकाले ४९ करोड पाँच लाख ९५ हजार बजेट ल्याएका छन् ।
लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था अनुरूपको तीन तहको सरकारले संविधान र ऐन कानुनद्वारा निर्दिष्ट अधिकारको प्रयोग गर्दै शासनव्यवस्था सञ्चालन गर्दै आएका छन् । प्रशासनिक केन्द्र सिंहदरबारको अधिकार प्रत्यायोजन भएर स्थानीय तहसम्म पुग्न सकेका कारण ‘गाउँ गाउँमा सिंहदरबार’ भनिन थालिएको छ
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार २.२ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपाङ्गता भएको देखिन्छ । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ । अर्थात् आधा जनसङ्ख्या मात्र साक्षर अवस्थामा छन् । साक्षर जनसङ्ख्यामध्ये पूर्वप्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३.६ प्रतिशत छन् । प्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३४.३ प्रतिशत छन् । निम्न माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १९.५ प्रतिशत छन् । माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १४.४ प्रतिशत छन् । एसएलसी वा सोसरह उत्तीर्ण गर्ने जनसङ्ख्या ८.२ प्रतिशत छन् । प्रमाणपत्र तह उत्तीर्ण गर्ने जनसङ्ख्या नौ प्रतिशत छन् । स्नात
सङ्गठनमा विभिन्न व्यक्ति तथा समूहबिच विविध कारणले सिर्जना हुने असमझदारी, झगडा, मनोमालिन्य, वादविवाद तथा मनमुटावले द्वन्द्व सिर्जना भई सङ्गठनको कामकारबाहीमा असर परिरहेको हुन्छ । सङ्गठनमा देखा पर्ने द्वन्द्व यसै कारणले हुन्छ भन्ने छैन । कतिपय अवस्थामा सङ्गठनको कार्यशैलीबाट द्वन्द्व तथा मनमुटाव सिर्जना हुन्छ भने कतिपय अवस्थामा अनावश्यक समन्वय तथा बहस पैरवी नगरी एकल निर्णय तथा निर्देशन जारी गर्दा द्वन्द्व सिर्जना हुने गर्छ । सङ्गठनका जिम्मेवार प
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ ।