जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएका टीका चौधरी भुललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ मा उत्साह पूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म दुई हजार सात सय ३० मत खसेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको हो ।
प्युठान नगरबजार क्षेत्रले पुसको पहिलो हप्तादेखि प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्ने भएको छ । पुस ५ गतेदेखि १३ गतेसम्म प्युठान नगरपालिका –७ टिकुरीमा महोत्सव सञ्चालन गर्न लागेको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा करिब ४५ प्रतिशत मत खसेको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ । यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।
कालीगण्डकी गाउँपालिका–४ का विवेक पाण्डे पालिका स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा उत्कृष्ट हुनु भएको छ ।
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो ।
सामुदायिक विद्यालयका शिक्षकहरु कक्षाकोठामा दैनिक पाठ्योजना अनुसार अध्यापन गर्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।
प्रत्येक पाँच वर्षको अन्तरालमा धुमधामसँग भारतको अयोध्याबाट जन्ती आएर नेपालको जनकपुरमा मनाइने भगवान रामचन्द्र र माता सीताको विवाहोत्सव (विवाहपञ्चमी उत्सव) को रौनक आजदेखि महोत्तरीमा देखिन थालेको छ ।
भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
बर्दियाको गुलरिया नगरपालिकाका १२ वटा वडामध्ये ११ वटा वडा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा २८ दशमलव ३५ प्रतिशत मत खसेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।