• १२ साउन २०८२, सोमबार

नुहाउन गएका दुई युवक बेपत्ता

blog

फाइल तस्बिर

गंगा कुमारी मिजार

रसुवा, साउन ११ गते । पवित्र तीर्थ गोसाईकुण्ड तालमा आइतबार दिउँसो स्नान गर्न गएका दुई जना युवक बेपत्ता भएका छन्। गोसाईकुण्ड गाउँपालिका –५ स्थित तालमा करिब साँझ ४ बजेतिर कुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

मोरङको वेलबारी निवासी करिब २६ वर्षीय मनोज न्यौपाने र मोरङकै विराटनगर निवासी सुजन ढकालको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो।

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर राजु साहको कमान्डमा विशेष उद्धार टोली तुरुन्त घटनास्थलतर्फ गएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय समुदायको सक्रिय सहकार्य रहेको प्रहरीले जनाएको छ। बेपत्ता दुबै युवाको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख शाहीले बताउनुभयो ।