कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदान सम्मपन्न भएपछि निर्वाचन आयोग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका मतगणनास्थल तर्फ लगिँदै ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज आइतबार भएको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ ।
ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा इलामको रेड डेभिल्स माइजोगमाई विजयी भएको छ।
आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ।
पाँचौँ फोर्टिन स्टार कप छात्र फुटबलको उपाधि जनसहयोग माध्यमिक विद्यालयले जितेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ।
नेपाली खेलकुदमा सक्रिय ६ वटा खेल सङ्घले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नियम अनुसार आफूहरूलाई सदस्यता नदिएर झुकाउने गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा मतदान सम्पन्न भएको छ । सो उपचुनावमा ६३.८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध सन् २००४ को घातक ग्रेनेड आक्रमणको मास्टरमाइन्डको आरोपमा एक शीर्ष बङ्गलादेशी राजनीतिज्ञलाई दोषमुक्त गरिएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।
निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा शान्ति पूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको छ।