• ११ पुस २०८१, बिहिबार

उपनिर्वाचनमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

blog

कीर्तिपुर नगरपालिकामा भएको मतदान । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, मङ्सिर १६ गते। निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ। 

आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता नीता पोखरेल अर्यालयका अनुसार स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख ६२ हजार ७९९ मतदाता रहेकोमा हालसम्म प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको हो।   

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभार व्यक्त गरेको छ ।