• १३ असोज २०८१, आइतबार

हाइकु वाचन

blog

ललितपुर, असार १२ गते । ‘नेवाः हाइकु ख्यः’ले को चौथो स्थापना दिवस हाइकु वाचन गरेर मनाएको छ । सो कार्यक्रममा वाचनको लागि ४० जना ‘हाइजिन’हरूको ८० वटा हाइकु समावेश गरिएको थियो ।

जसमध्ये निजिरोश श्रेष्ठ, पूर्णिमा शाक्य, हिसिलिना शाक्य, कविन्द्रलाल श्रेष्ठ, दिब्या ताम्राकार, ज्ञानेन्द्र रत्न बज्राचार्य, रमिता बज्राचार्य, राधेश्याम महर्जन, मिलन शाक्य, रत्न मन, रिता महर्जनलगायत प्रत्येक हाइजिनले दुई–दुई वटा गरी ८० वटा हाइकु वाचन गरियो । 

सो कार्यक्रममा हाइकु किचः का प्रकाशक अमिता लक्ष्मी सैंजु श्रेष्ठ, लुम्बिनी हाइकु फाउन्डेसनका माणिक रत्न शाक्य र नेवाः हाइकु ख्यःका सल्लाहकार डा. आनन्द जोशीलाई सम्मान गरिएको थियो । यसैगरी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले स्पेनका लागि नेपालका राजदूत नियुक्ति हुनुभएका डा. पुष्पराज राजकर्णिकारलाई सम्मानपत्र प्रदान गर्नुभयो ।