• १३ असोज २०८१, आइतबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उच्चस्तरीय बैठकमा सहभागी हुन कहिले स्विट्जरल्यान्ड प्रस्थान गर्नुभयो ? 

विसं २०८१ जेठ २९

उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल २०८१ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा जानुभएको थियो । 

उहाँ २०८१ असार ५ गते स्वदेश फर्किनु भयो ।


२. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा कम बलमा शतक प्रहार गरी विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ?

साहिल चौहान (इस्टोनिया) 

सन् २०२४ जुन १७ मा चौहानले साइप्रसविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा २७ बलमै शतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । 

साहिलले छिटो शतकको कीर्तिमान राख्नुका साथै एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत रचेका छन् । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोड्दै १८ छक्का प्रहार गरेका हुन् । 

एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने क्रिकेटर दक्षिण अफ्रिकाका एबी डिभिलियर्स हुन् । उनले सन् २०१५ मा वेस्टइन्डिज विरुद्धको खेलमा ३१ बलमा शतक प्रहार गरेका थिए । 

यसै गरी टेस्ट क्रिकेटमा भने न्युजिल्यान्डका पूर्व खेलाडी ब्रेन्डन म्याककुलमले सन् २०१६ मा अस्ट्रेलिया विरुद्धको खेलमा ५४ बलमा शतक प्रहार गरी कीर्तिमान रचेका थिए । 


३. युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया ग्रुप काठमाडौँको सहआयोजनामा राजधानीमा सम्पन्न (२०८१ असार) राष्ट्रिय युवा गायन प्रतियोगितामा प्रथम हुन सफल प्रतिभा को हुन् ?

दीपकराज कालिराज (मकवानपुर) 

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रूपन्देहीका सुरज खाती तृतीय भए । 


४. आइएमई समूहले अगाडि बढाएको मध्य कालीगण्डकी जल विद्युत् परियोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

६६.३ मेगावाट

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपियाँ रहेको छ । 

आयोजनाका लागि ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । 

परियोजनामा ४.३ किलोमिटर सुरुङ निर्माण गरिने छ । 

परियोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिने छ । 

आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 


५. विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए–२१) को बैठक कहिले र कहाँ सम्पन्न भयो ?

विसं २०८१ असार ४–७, काठमाडौँ (सन् २०२४ जुन १८–२१) 


६. प्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

आख्यानकार भुवन ढुङ्गाना

महेश संस्कृत गुरुकुलम्, देवघाट, तनहुँलाई लीलानाथ विश्व मञ्जरी बराल प्रतिभा पुरस्कार, हास्य व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार र कथाकार वनमाली निराकारलाई दीनवन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

चार वटै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

विराटलक्ष्मी प्रतिभा पुरस्कार गजलकार मधु पोखरेललाई प्रदान गरिएको छ । 

षडानन्द प्रतिभा पुरस्कार कविद्वय शकुन्तला मञ्जरी र चेतना अधिकारीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि २१ हजार रुपियाँ रहेको छ । 


७. गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुन् ?

करण परियार (बर्दिया) 

२०८१ असार ८ मा भएको ग्रान्ड फिनालेमा उनी बिजेता बनेका हुन् । 

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनर अप बनिन् । उनले ट्रफीसहित नगद १० लाख रुपियाा पुरस्कार प्राप्त गरिन् । 

दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद पाँच लाख रुपियाँ प्राप्त गरे ।

थर्ड रनर अप बनेका दार्जिलिङकै मोहित भुजेलले स्कुटर पुरस्कार प्राप्त गरे । 

एपीवान टेलिभिजनले यो कार्यक्रम निर्माण गर्दै आएको हो । सिजन–५ चार महिनादेखि जारी थियो । 


८. नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति पुगेको छ ?

७७.४ प्रतिशत


९. दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ? 

सिरिल रामाफोसा (सन् २०२४ जुन)

दक्षिण अफ्रिकी संसद्ले अफ्रिकी राष्ट्रिय कङ्ग्रेस (एएनसी) का अध्यक्ष रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित राष्ट्रपति रामाफोसाको यो दोस्रो कार्यकाल हो ।

१०. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

जुन २३


११. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

अफ्रिका 


१२. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन् ? 

निर्मल पुर्जा


१३. अन्तर्राष्ट्रिय कृषि सम्मेलन हालै नेपालमा कहिले सम्पन्न भयो ? 

विसं २०८१ असार ४–५

नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बद्ध विज्ञ सहभागी सो सम्मेलन चितवनमा सम्पन्न भएको थियो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयद्वारा आयोजित सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्षसहित सम्पन्न भएको छ । 


१४. प्रदेश सभामा देशकै पहिलो महिला सभामुखमा चयन हुने नेतृ को हुन् ?

नन्दा गुरुङ (कर्णाली प्रदेश, नेकपा एमालेबाट, समानुपातिक) 

प्रदेश सभाको २०७९ माघ १ मा बसेको बैठकमा सत्तारूढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी कर्णाली प्रदेशको दोस्रो सभामुख र नेपालको इतिहासमै पहिलो महिला प्रदेश सभा सभामुख बन्न सफल भएकी छन् ।

प्रदेश सभाको पहिलो कार्यकालमा सात वटै प्रदेशमा सभामुख पुरुष चुनिएका थिए । 

गुरुङ सभामुखमा निर्वाचित भएपछि महिला सांसदहरूले ‘समावेशी अभ्यासको सुन्दर नमुना’ भन्दै यसले महिलामा ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । 


१५. नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कसलाई प्रदान ग¥यो ? 

शान्ता चौधरी (दाङ)

संस्थाले योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान विराटनगरकी कविता चापागाईंलाई प्रदान गरेको छ । 

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान (राशि : रु. २५,१११।–) २०६५ सालदेखि प्रदान गरिँदै आएको छ ।

योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (राशि : रु. ५०,००१।–) २०७५ सालमा स्थापना भएको हो । 


१६. विश्व बैङ्कको नेपाल निर्देशकमा को नियुक्त भएका छन् ? 

डेभिड सिस्लेन (सन् २०२४ जुन)

सिस्लेनले काठमाडौंस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्ने छन् । 


१७. अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सय विकेट लिने पहिलो नेपाली बलर को हुन् ? 

सन्दीप लामिछाने

सन्दीपले सन् २०२४ जुन १७ मा टी–२० विश्वकप अन्तर्गत बङ्गलादेशविरुद्ध दुई विकेट लिँदै एक सय विकेट पु¥याएका छन् । 

उनले ५४ इनिङमा सयौँ विकेट लिएका छन् । यो टी–२० अन्तर्राष्ट्रियमा दोस्रो छिटो सय विकेटमा पुगेको क्षण हो । 

यो फम्र्याटमा सबभन्दा छिटो अफगानिस्तानका राशिद खानले ५३ इनिङमा १०० विकेट लिने कीर्तिमान 

राखेका छन् ।


१८. विश्वको सबभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?

विम्वल्डन टेनिस प्रतियोगिता 

सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको हो ।


१९. विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

सन् २०१२ 

नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने भएको छ ।

डब्लुटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ । 


२०. ‘स्मार्ट गोरखापत्र’ को औपचारिक शुभारम्भ कहिले भएको हो ?

विसं २०७४ फागुन २


२१. विश्वमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कुन राष्ट्रबाट भएको हो ?

अस्ट्रेलिया 


२२. सबभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?

सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह) 

सबभन्दा धेरै स्थानीय तह भएको प्रदेश : कोशी (१३७) 

सबभन्दा कम स्थानीय तह भएको प्रदेश : कर्णाली (७९)

दुई दुई वटा उपमहानगरपालिका भएको जिल्लाको सङ्ख्या : तीन । सुनसरी (धरान र इटहरी), बारा (जितपुर र कलैया) र दाङ (तुलसीपुर र घोराही)


२३. नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक के हुने व्यवस्था छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री 

प्रस्तुतकर्ता : टङ्क केसी