१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन् ?
पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड)
– महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)
अन्य विजेता
– उत्कृष्ट पुरुष टोली : पिएसजी
– उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके
– उत्कृष्ट गोलरक्षक : डोनारुमा
२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?
मनोज सिलवाल
– विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
– प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी समालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका ।
– यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको ।
३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन ग¥यो ?
एआइजी मनोज केसी
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई चयन गरिएको ।
– डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो ।
– डा. केसीले भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो ।
– केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुवेर खापुङ आइजिपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।
४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ?
विसं २०८२ असोज ५
– असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेकोे ।
– सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।
– आयोगको कार्यावधि तीन महिना तोकिएको ।
५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
७० मेगावाट
– आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने ।
– यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।
– लागत अनुमान : करिब १५ अर्ब
– भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको । यो आयोजनामा लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइ, एभरेष्ट बैङ्क लिमिटेडको सहअगुवाइ र सानिमा बैङ्क लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको । विसंं २०८२ असोज ५ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ।
६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ?
जुम्ला
– सिफारिस भएका कुल उम्मेदवार ः २५९२ (पुरुष ः १६९०, महिला ः ९०२)
– सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला ः जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)
– सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला ः सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३)
– सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला ः मनाङ (१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)
७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ?
चन्द्रशमशेर
– तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा परेको ।
– पहिलो पटक आगलागी : विसं २०३० असार २५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)
– दोस्रो पटक आगलागी : विसं २०८२ भदौ २४ (प्रधानमन्त्री : केपी शर्मा ओली)
– जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका । सिंहदरबारमा विभिन्न मन्त्रालयसमेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महìवपूर्ण दस्ताबेजहरू जल्न पुगेका ।
८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?
आयरल्यान्ड
९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
हास्य व्यङ्ग्यकार कृष्ण प्रधान
– पुरस्कार राशि : रु. एक लाख ११ हजार १११
– भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)
– भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)
१०. दर्ता भएका टे«डमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ?
एक वर्षभित्र
– टे«डमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको बताएको ।
११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?
असोज २
– आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता
१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
सेप्टेम्बर ८
– सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन)
१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
रमेश भुषाल (कृति : छालबाटो)
– पद्मश्री साधना सम्मान : रमा शर्मा
– पद्मश्री गौरव पुरस्कार : प्राडा अभिनारायण सुवेदी
– यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको ।
१४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ?
सन् २०३०
१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?
जापान
१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ?
निर्मला शर्मा
– नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी ।
– महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको ।
– महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको ।
– महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।
१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?
सन् २०१६ सेप्टेम्बर १९
१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
भदौ २०
१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार (२०८१) बाट रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) सम्मानित भएका ।
– आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको ।
– पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पु¥याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको ।
२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
मोहन कोइराला
२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ?
सिङ्गापुर
– सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको ।
– सर्वेक्षण अनुसार सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा परेको जनाएको ।
– पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको । साथै ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका ।
प्रस्तुतकर्ता : टङ्क केसी