जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ ।
रुसले सीमापार आवतजावत र मालसामान ढुवानीलगायतका विषयमा कोभिड–१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ । यस वर्ष हिउँदको सिजनमा फूल्नेमध्ये सबैभन्दा पहिला कागजी बदाम फूलेको हो ।
कार्तिक र कृति सेनन अभिनित यो फिल्म रोहित धवनले निर्देशन गर्नुभएको हो ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ ।
सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ ।
झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
माघे सङ्क्रान्ति नजिकिएसँगै चाकुको बजार बढेको छ। काठमाडौँमा उत्पादन हुने चाकु उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्छ। तुँ ख्यः अर्थात् उखु बारी टोखाको चाकु लोकप्रिय मात्र होइन धेरैको रोजाइमा पर्छ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठद्वारा शुक्रवार बिहानै बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुभएको छ । अनुगमनपछि सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । बिहीबारदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ सुरु भएको हो ।