पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।
सेना प्राड विवाक स्थापनाको ६०औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नुभयो ।
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतंक कायमै रहेको छ । जंगली जनावरको आंतक जारी रहँदा स्थानीयहरु त्रसित बनेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूसहित मन्त्रीहरूले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले त्याग, सेवाको भावनालाई लिएर प्रदेशवासीको माझमा रहने बताउनुभयो ।
बागमती प्रदेशको प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिनेछ ।
मिडिया काउन्सिल मधेश प्रदेशले बिहीबार आफ्नो वार्षिक बुलेटिन सार्वजनिक गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहसहितले सो बुलेटिन सार्वजनिक गर्नुभएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। जापानी संसद्का सदस्य मासाकी जैरासँग मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो।
सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
कर्णाली प्रदेशको मुख्यमन्त्री र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्रीमा राजकुमार शर्मा र बिना विभागीय मन्त्रीमा विनोदकुमार शाह र मङ्गलबहादुर शाहीले शपथ लिनुभएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र पाटे बाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत वुधबार निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको हो ।
हेल्प नेपाल सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह ‘डी’ को विजेता बनेको छ ।
आफ्नै बुवाको हत्या गर्ने बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई जिल्ला अदालतले दश वर्ष कैद सजाय तोकेको छ।