• ७ वैशाख २०८१, शुक्रबार

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

blog

सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, पुस २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

गत भदौ २१ गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसयता सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा राखेर अनुसन्धान गरिँदै आईएको थियो । यस मुद्दाको अन्तिम टुंगो भने काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ ।