नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
टीकापुर घटना राजनीतिक रहेको प्रस्ताव गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।
नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । बिहीबारदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् ।
नेकपा (एमाले) का नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै हुनुहुन्छ ।
कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।
कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
विभागीय टोलीको एपीएफ क्लब मकवानपुरको फापरबारीमा जारी पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलले हरायो ।
बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धनका भुवन पाठक, नेपाल कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेपाल रत्न तथा आभूषण सङ्घले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन अभिनेत्री अरोरा काठमाडौं आउनुभएको हो ।
अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
पेरुको सामुद्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ । त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ ।