• १६ चैत २०८०, शुक्रबार

रियल म्याड्रिड सुपर कपको फाइनलमा

blog

भ्यालेन्सियाविरुद्ध गोल गर्दै रियलका करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, पुस २८ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

उपाधिका लागि रियलले बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोना र बेटिसको खेल बिहीबार राति हुनेछ । प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

निर्धारित समयमा रियलका लागि करिम बेन्जेमाले ३९औँ मिनेटमा खाता खोल्नुभयो । त्यसपछि स्यामुएल लिनोले ४६औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो त्यसपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा रियलले बाजी मारेको हो । 

टाइब्रेकरमा रियलका करिम बेन्जिमा, टोनी क्रस, लुका मोड्रिच र मार्को असेन्सियोले गोल गर्नुभयो । भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले गोल गर्नुभयो । जोसे गाया र एरे कोमेर्टको प्रहार विफल बनेको थियो । एजेन्सी