• ७ वैशाख २०८१, शुक्रबार

बेनीमा हनुमान नाच (फोटो फिचर)

blog

बेनीमा सुरु भएको तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बेनी, पुस २८ गते ।
 नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । बिहीबारदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् ।  हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्षपछि बेनीमा यो नाच देखाइएको हो । 

नेवार समुदायमा आर्थिक सङ्कलनका लागि हनुमान नाच प्रदर्शन गर्ने प्रचलन पुरानो भएको  नेवार समुदायका अग्रजहरू बत्ताउँछन् । हनुमान नाचमा कलाकार, बाद्यवादक, पुजारी, मुख्य (प्रधान केजी) व्यवस्थापक आदि गरी झण्डै ८० देखि एक सय जनाको आवश्यक पर्दछ । नौ जोडी आवश्यक पर्ने यो नाच निकै रोचक हुन्छ ।


बेनीबजारमा हनुमान नाचको सुरुवात २०३२ सालबाट भएको नेपाल भाषा मंकाखलका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । पछिल्लो समय पाका पुस्ताबाट नयाँ पुस्तामा कला हस्तान्तरण भएको हुँदा युवाहरुको समूहले यो नाच देखाएको उहाँको भनाइ छ ।

उहाँको अनुसार बेनीबजारका अग्रज कलाकार स्वःराजकुमार श्रेष्ठ, रामबहादुर श्रेष्ठ र खड्गबहादुर श्रेष्ठले  बागलुङबाट हनुमान नाच बेनी ल्याउनुभएको हो । हनुमान नाच र यसको पुजन विधि आफ्नै किसिमको रहेको छ । पूजा गर्ने दिनमा कलाकारदेखि लिएर वाद्यवादकको व्यवस्थापक समितिका पदाधिकारीहरु नित्य चोखो हुनुपर्ने नियम रहेको छ ।


यो चानको विशेषता भनेको सङ्गीतको तालमा लठ्ठी (लौरो) जुझाउने र पुजा गर्दा हनुमान उत्रने (काप्ने) लाई विशेष मानिन्छ । यो नाचको थालनी गरेपछि प्रत्येक टोलटोलमा पुजा दिने प्रचलन रहेको हुँदा लामो समयसम्म चल्छ र अन्तमा मुख्य व्यक्तिको घर अथवा मन्दिरबाट पुजा दिई नाच समापन गरिन्छ । यसरी लामो समयसम्म नचाउँदा बढी कष्टकर पनि मानिन्छ ।