नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।
दक्षिण कोरियाबाट ल्याइएका उन्नत नश्लका गाईका बाच्छी चितवन ल्याइपु-याइएको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल स
मुलुककै लागि जटिल समस्या तथा चुनौती बनेको लागूऔषध नियन्त्रण गर्न स्थानीय तहले औपचारिक रूपमै अभियान सञ्चालन गरेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिकाको नगर सभा नहुनाले नगरको विकास निर्माण कार्यलगायतका कामकाज प्रभावित भएका छन् ।
प्रदेश १ प्रदेश सभाको सभामुख पदमा एकल उम्मेदवारी दर्ता भएको छ । पुस २८ गते हुने सभामुखको निर्वाचनका लागि म
मुगुका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको पाइएको हो ।
सुरक्षित आवास गृह नहुँदा वर्षौंदेखि समस्यामा पर्दै आएका हिंसा पीडित महिलाका लागि जिल्लामै पहिलो पल्ट पुनस्र्थापना केन्द्रको स्थापना गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याममा स्थापना गरिएको यो केन्द्रको सूर्योदय नगरपालिका आफैँले निर्माण गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ति भएको एक साताभित्रै विश्वासको मत लिने तयारी थाल्नुुभएको छ ।
चार प्रदेशले बुधबार मुख्यमन्त्री पाएका छन् । मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाएका हुन् ।
बुधबारदेखि सुरु भएको ११औँ संस्करणको पोखरा महोत्सवको प्रदर्शनीमा राखिएको पहाडे वास्तुकला झल्काउने नमूना घर । तस्बिरः रामबहादुर थापा/रासस
उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउन सक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ ।
पृथ्वीनारायण शाहको १३१ औँ जन्मजयन्तीको अवसरमा झापाको चारआलीस्थित श्री नयाँ गणको सेनाको टुकडीले सलामी दिएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।