प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ ।
सार्वजनिक बिदाको दिन अनुमति नलिई चलाएका ४ सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
उपत्यकामा काम विशेषले बस्ने थारु समुदायले दुई दिने थारु माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त हुनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी सङ्गठनका नेताहरूलाई स्ववियु निर्वाचनमा जुट्नुपर्ने बताउनुभएको छ ।
पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।
बढ्दो बैंक ब्याजदरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ ।
यही जनवरी १३ देखि बङ्गलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको ।
युवा नेतृत्वको संस्था एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल (एआईईएसईसी) को आयोजनामा काठमाडौंमा ‘ग्लोबल भिलेज’ कार्यक्रम सम्पन्न भएको छ ।
श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।