• १२ साउन २०८१, शनिबार

स्ववियु निर्वाचनमा जुट्नुहोस् : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, पुस २७ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी सङ्गठनका नेताहरूलाई स्ववियु निर्वाचनमा जुट्नुपर्ने बताउनुभएको छ ।

समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचित सांसदलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, “स्ववियु निर्वाचन प्रणालीको कुरा उठाउनुभएकाेछ । स्ववियुमा आफ्नो हैसियत स्थापित हुन सक्दछन् । चुनावको समय भनेको परीक्षाको समय हो । स्ववियुको निर्वाचनमा जुटका लागि योजनाबद्वरुपमा जिम्मेवारी बाँडफाँट गरेर अघि बढ्नुहोस् ।”

उहाँले विचार मिल्ने विद्यार्थी सङ्गठनसँग मिलेर जान सक्ने अवस्था आउनसक्ने भन्दै सबैभन्दा पहिला आफ्नो शक्ति बलियो बनाउनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । “आफ्नो शक्ति कमजोर भयो भने कसैले वास्ता गर्दैन । आफैँ बलियो बन्नुपर्छ । अनि बल्ल तपाइ कुद्न सक्नुहुन्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

अहिलेको नयाँ सरकारको सन्दर्भमा उहाँले एक पटक विश्वासको मत प्राप्त गरेपछि कसैले पनि संसद् विघटन गर्न नपाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जबसम्म विकल्प दिने दिनसम्म कुनै पनि प्रधानमन्त्रीले समयभन्दा पहले प्रतिनिधिसभा विघटन गर्न पाउँदैन ।” सरकारले जनताको सेवामा आफूलाई समर्पित गर्ने भावना अघि बढाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।