प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताउनुभएको छ ।
पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।
लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्षमुनिका महिला झण्डै दश प्रतिशत छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा गत पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिको संख्या बढ्दैगएको देखिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ ।
कृषि बीमा अन्तर्गत, नेपालमै पहिलो पटक डिजिटल प्रणालीमार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बीमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालिलगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बीमा सुरु गरेका हुन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
फिल्मको 'नाटुनाटु' गीतले कार्यक्रममा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।
चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो ।
३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भरी भव्यताका साथ मनाइदैछ । दिवस मनाउने कामसँगै बैतडीको शिवनाथ गाउँपालिकाले पृथ्वीनारायण शाहका पालाका निर्माण भएको शर्मालीगढी किल्ला पुनः निर्माण गर्न चार करोड रुपियाँको डीपिआर तयार गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर अरुण गाउँपालिका वडा नं १ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दि स्थित बस्ने ३५ वर्षीय विश्वराज घिसिङले निजको श्रीमती ३६ वर्षीय प्रमीला भुजेल घिसिङलाई लात्तीले प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
माझी भाषा
सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले आज प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गर्नुहुँदै छ ।
राजवंशी भाषा
पश्चिम नवलपरासीमा रहेका लघुवित्त संस्थाहरूले ग्रामीण क्षेत्रका महिलाहरूको समूहलाई प्रताडित गरेको भन्दै लघुवित्त संस्थाका ऋणीहरू अहिले आन्दोलित बनेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वमा गठित सरकारले हासिल गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । मङ्गलबार कर्णालीवासीका नाममा सम्बो