• १२ साउन २०८१, शनिबार

विकृत शासकीय प्रणालीमा सुधार आवश्यक : जसपा अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रतिनिधिसभाका सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अध्यक्ष उपेन्द्र यादव । तस्बिर : जसपा कार्यालय

काठमाडौं, पुस २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको  ।

पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिद्वारा आयोजित प्रतिनिधि सभाका सांसदहरुलाई बधाइ तथा सम्मान कार्यक्रममा अध्यक्ष यादवले उक्त कुरा बताउनुभएको हो ।

“विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न सङ्घीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,” यादवले भन्नुभयो ।   
फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ योभन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ ?”