• ७ वैशाख २०८१, शुक्रबार

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा

blog

फाइल तस्बिर ।

काठमाडौं, पुस २८ गते । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।

महिला फुटबलको पहिलो चरणको एसियाली छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान परेका छन् ।

ओलम्पिक महिला फुटबलका लागि पहिलो चरणको एसियाली छनोटमा २६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ । समूहका शीर्षटोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।