युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रुसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताउनुभएको छ ।
साबिक विजेता रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलको धक्का लागेको छ ।
निर्वाचन आयोगले मङ्सिर १३ गते बिहीबार राति १२ः०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको बताएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्नुहुँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
खुलेको निलो आकाश, फाँटभर तोरी, तोरीसँगै भुनभुन गरिरहेको माहुरीको दृश्यले सबैलाई प्रफुल्लित तुल्याएको छ। सिरसिरे हावासँगै तोरीको फुलको सुगन्धले मुग्ध बनाएको छ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताउनुभएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताउनुभएको छ ।
केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ आयोेजित गोष्ठीमा उहाँले हिउँ चितुवा दुर्लभ बन्दै गइरहेकाले यसको संरक्षणका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।
कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी । धार्मिक रुपमा महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको स्थानीयवासी बताउँछन् ।
नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सङ्गठन सुदृढीकरणमा केन्द्रित गरेर सञ्चालन गरिएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको छ।