• ८ पुस २०८२, मङ्गलबार

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा राष्ट्रव्यापी खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक

blog

एकेडेमीले बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलन।

काठमाडौँ, मङ्सिर १३ गते। मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको छ।

एकेडेमीले बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गरी मदन भण्डारीको १६ औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाको खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिएको हो।

जसअन्तर्गत, भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक, कराँते, रेस्लिङ्ग, ब्याडमिण्टन, क्रिकेट, शारीरिक सुगठनरोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो, हक्की, भलिबल लगायतका खेल प्रतियोगिता रहेका छन्।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले करिब १० करोड ६६ लाख रुपियाँ बढीको लागतमा देशभर सो प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो। 

उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट दुई करोड रुपियाँ विनियोजन भएको छ। यसबाहेक सात प्रदेश र सम्बन्धित स्थानीय निकायसँगको समन्वयमा बजेट व्यवस्थापन गरिने उहाँको भनाइ छ।