उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ ।
लुम्बिनी, मङ्सिर १३ गते । गौतम बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर । विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्न विश्वरभरका धर्मावलम्बनीहरू आउने गर्दछन् । तस्बिरः रासस
सुर्खेत, मङ्सिर १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । तस्बिरः रासस
कैलाली, मङ्सिर १३ गते । धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेंडा खेतीमा कीटनाश औषधि छर्किंदै किसान । तस्बिरः रासस
सशस्त्र द्वन्द्वपछि मानसिक समस्या भोगिरेहका २१ वर्षीय छोराको उपचारका लागि १८ वर्षअघि भारतको राँची लैजान भन्दै घरबाट हिँडेका देउमाई नगरपालिकाको धुुसेनीका पदम चापागाईं अहिलेसम्म घर फर्कनुभएको छैन ।
बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको
रुपन्देही र कपिलवस्तुका जनप्रतिनिधिले प्रस्तावित लुम्बिनी प्रदेशस्तरीय लोकमार्गको स्थलगत अवलोकन गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
स्याङ्जाको फेदीखोला गाउँपालिका पर्यटकीय सहर पोखरासँग जोडिएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन । सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो ।
डडेलधुरा जिल्ला सदरमुकाम बागबजार–कीर्तिपुर–डकले सडक विस्तारका क्रममा संरचना हटाउन स्थानीयले आनाकानी गरेपछि डोजर चलाइएको छ ।
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।