नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ ।
भक्तपुर नगरपालिकाले सुरु गरेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गत वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
नेपालगन्जमा दुर्घटना न्युनीकरणका लागि ई–रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यसहित सचेतनामुलक अभियान सुरु भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगरमा बुधबार भएको निःशुल्क आँखा शिविरबाट स्वास्थ्य सेवा लिएका आँखाका बिरामीहरु ।
महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला-टिंकर सडकको रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक नेपाल सरकार आफैले निर्माण गर्ने भएको छ । सरकारले घोराही–तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्न भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गर्नुभएको छ ।
बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताउनु भएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका रिजन कटुवालको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्दै नेदरल्याण्डका नागरिक । पछिल्लो समय पाथीभरामा विदेशी नागरिकको आगमन बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीले जनाएका छन्
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न सकिने औँल्याउनुभएको छ।