राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहसँग राजस्व बाँडफाँट विषयमा सुझाव माग्न सुरु गरेको छ ।
बाजुराका अधिकांश ठाउँमा मकैका कुनियाँ (मकैको खात) खोज्न व्यापारीहरु गाउँमा पुग्न थालेका छन् ।
तानसेन नगरपालिकाभित्र रहेको कला र संस्कृतिको संरक्षण गर्दै तानसेनलाई मध्ययुगीन सहरको रुपमा विकास गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार सम्प्रेषण गर्नु भएको हो ।
बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पहुँचका आधारमा हुने गरेको कर्मचारीको सरुवा रोक्न मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्र्ने बताउनुभएको छ ।
यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा अस्वाभाविक रूपमा कर्मचारी प्रस्ताव गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यहि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा आउने पर्यटकका लागि स्थानीय पटेर प्रशोधन केन्द्रले पटेरबाट बनाएको विभिन्न सामग्री उत्पादन गरि कोसेलीको रुपमा विक्रि गर्न थालेको छ ।
श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिस प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराधाम परिसरबाट देखिएको मकालुलगायतका हिमाल दृश्य ।
जिल्लाको रम्भा गाउँपालिका–१ मा युवाहरु शवदाहगृह निर्माणका लागि जुटेका छन् ।
बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आउनुभएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ ।