डेनमार्कले वस्तुभाउले कार्बन उत्सर्जन गरेबापतको कर लगाउने नीति बनाउँदै छ ।
गोरखाको पालुङटार नगरपालिका – ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र गोरखा र त्रिवेणी माध्यमिक विद्यालयको सहकार्यमा विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका विद्यालयका प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
सामान्यतया बैङ्क भन्नाले पैसाको कारोबार गर्ने संस्था बुझिन्छ ।
वातावरणीय दृष्टिले अति संवेदनशील मानिने चुरे संरक्षणका लागि कार्यान्वयनमा आएका योजना परियोजना नारा र गफमै सीमित छन् । चुरे उत्थानशील आयोजना लागु भएको चार वर्ष बितिसकेको छ ।
डिजिटल प्रविधिको चमत्कारले हाम्रो जीवनको हरेक पाटोलाई स्पर्श गरेको छ ।
फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो ।
आज सामाजिक सुरक्षा कोष स्थापनाका छ वर्ष पूरा गरेर हामी सातौँ वर्षमा प्रवेश गरेका छौँ । यी छ वर्ष देशको राजनीति, देशको अर्थतन्त्र, देशको सामाजिक जनजीवन अथवा देशको सांस्कृतिक गति वा प्रवृत्तिहरूले
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।
कर्णाली प्रदेशमा बाढीपहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
भद्रपुर (झापा) , मङ्सिर १२ गते । मेचीनगर नगरपालिका–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु. तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । सवारी दुर्घटनामा मृत्यु पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।