दोलखा, मङ्सिर १२ गते । दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा सयभन्दा बढी थुम्काहरु रहेका छन् । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः रासस
एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।
झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अङ्ग्रेजीमा प्रिनिया भनिन्छ ।
सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।
चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
प्राचीनकालदेखि नेपाल स्वतन्त्र र सार्वभौसत्ता सम्पन्न मुलुक रहँदै आएको छ ।
मुलुकी अपराध संहिता, २०७४ बमोजिम जघन्य वा गम्भीर कसुरमा सजाय पाएको व्यक्तिले अर्को कसुर
नेपाली चलचित्र ‘छक्कापन्जा ४’ मा एउटा दृश्यले मुलुकी कर्मचारीतन्त्रलाई प्रस्ट्याउँछ ।
डोल्पा, मङ्सिर १२ गते । डोल्पाको शे९फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा। समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिरः रासस
१. नेपाल राष्ट्र बैङ्कले २०८१ मङ्सिर ४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोज मसान्त (२०८१) सम्म विदेशी मुद्रा सञ्चिति कति रहेको छ ?
क्षतिपूर्तिसहितको नागरिक बडापत्र भनेको के हो ? यससम्बन्धी कानुनी आधार तथा व्यवस्थाहरू उल्लेख गर्दै क्षतिपूर्तिसहितको नागरिक बडापत्रमा समेट्नु पर्ने विषयहरू प्रस्तुत गर्नुहोस् ।
रुकुमपश्चिमका व्यवसायीले साना तथा मझौला खालका उद्योग बन्द हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।