जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो ।
यही मङ्सिर १६ गते हुने महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१० को वडाध्यक्ष पदमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका केन्द्रीय नेताको यहाँ लर्को लागेको छ ।
सामान्यतया जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पछि सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना अधिकृत, नायब सुब्बा र खरिदारको न्यूनतम जनशक्ति हुन्छ तर जिल्ला प्रशासन कार्यालय बैतडीमा
सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेलधुरा अस्पताल छ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार तथा प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हाल आयोजना बन्द भएको छ ।
छैटौँ ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१’ का लागि उत्कृष्ट २५ कथा चयन भएका छन् ।
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राई समुदायले मनाउँदै आएको पापानी पर्व मङ्गलबार भव्यताका साथ सकिएको छ ।
मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङ्नामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्यपूर्णिका दिन लिम्बू समुदायले न्वागी पर्वका रूपमा चासोक तङ्नाम मनाउने गर्छन् ।
सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘उनको स्वेटर’ को औपचारिक रूपमा पोस्टर सार्वजनिक गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै रु १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।
सर्लाहीको हरिपुर्वामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् सबस्टेसन चार्ज गर्न सुरु गरिएको छ ।
चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।