सुशासन र कानुनको क्षेत्रमा क्रियाशील संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श सेवा सुरु गरेको छ।
अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज आचार्यले जानकारी दिनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोजगारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामर्थ्य र प्रभावकारिता बढाउन आवश्यक कदम चालिने उल्लेख गर्नुभएको छ।
इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभावबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ ।
फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गगलबार बताउनु भएको छ ।
विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उहाँको परिवारलाई उदृत गर्दै बताएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ।
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुभएको छ।
कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट देखिएको तिला नदी र किनारमा रहेको सुर्खेत–जुम्ला सडकखण्डको दृश्य ।
नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको मूल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ।
रुसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ। ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ।
गैरकानुनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाउँपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।