यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
नेकपा (एमाले) बाँकेले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको छ ।
विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।
सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ ।
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका घिउ उत्पादनका हिसाबले राम्रो क्षेत्र हो । यहाँका प्राय घरमा भैँसी पाल्ने चलन अहिले पनि कायमै छ ।
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन्।
अभिभावकहरुले आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।
धनुषाको धनुषाधाम नगरपालिका-१ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।
मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङनामको तयारीमा जुटेका छन् ।
बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध्यविन्दु नगरपालिका–१४ झोलुङ्गे जोड्ने १७५ मिटर लामो पुल निर्माण भएको हो ।
मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।