एसिया प्रशान्त क्षेत्र विश्वका केही जलवायु संवेदनशील अर्थतन्त्रको केन्द्र हो र यो क्षेत्र विश्वव्यापी जलवायु सङ्कटको अग्रभागमा छ ।
जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरे बमोजिम दोस्रो पटक समय थप गरिएको हो । यस अघि पाँच महिना म्याद थप भएको थियो ।
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउन सहरबिच भगिनी सम्बन्ध कायम भएको छ । स्पेसटाउनका मेयर हिरोयासो कोजोनोको निमन्त्रणामा जापान पुग्नुभएका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष र मेयर हिरोयासोबिच दुईपक्षीय भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ ।
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गर्नुभएको हो ।
बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ ।
घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
लहान नगरपालिका –२० र सखुवानन्कारकटि गाउँपालिका –३ का मुसहर बस्तीमा रोटरी क्लव अफ लहानले सिरक वितरण गरेको छ । मङ्सिर पहिलो सातादेखि नै चिसो बढ्न थालेकाले मुसहर बस्तीका दुई सय घर परिवारमा फइवरको सिरक वितरण गरिएको क्लवका अध्यक्ष अभिषेक रोशनले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७४ सालमा निर्माण सुरु भएको मोरङको कानेपोखरी–३, जोगीकुटीको बयरवन खानेपानी आयोजना सात वर्ष वितिसक्दा पनि अझै निर्माण सम्पन्न भएको छैन ।
तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ ।
कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
लोककल्याणकारी राज्यव्यवस्थाको स्थापना गर्न राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्ने लक्ष्यका साथ नेपालको मौजुदा संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा (धारा ४३) व्यवस्था गरेको छ ।