बाँकेका पत्रकार डा. डक्तप्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा. धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।
म्याग्दीको स्थानीय उत्पादनको बजारीकरण गर्न बेनीको कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ ।
देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।
सोमबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले विभिन्न विद्यालयको अनुगमन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
इलामको रोङमा नसर्ने रोग नियन्त्रण सम्बन्धी अभियान सुरु गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक सोमबार बस्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।
बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।