त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जानसक्ने भएको बताउनुहुन्छ ।
कला र साहित्यबिच पूरक हुनुको सन्दर्भमा अक्षरमा खेल्ने, साहित्य एवं पत्रकारिता अनि ललितकला एकअर्काबिचका पूरक हुन् । ती पर्यायवाची हुन् एकआपसमा । साहित्यमा कला भएन भने त्यो खँदिलो साहित्य बन्दैन । आहा कत्ति स्वादिलो, चो
मोनालिसा विश्वकै प्रसिद्ध चित्रकला हो । यो चित्र कहाँ बनाइएको थियो भन्ने विषय लामो समयसम्म रहस्यमा रह्यो । पाँच सय वर्षपछि यसको रहस्योद्घाटन भएको छ । कलाकार लिओनार्दो दा भिन्चीले बनाएको यो चित्र मोनालिसाको रहस्यमय मुस्कानका लागि परिचित छ । भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले यो चित्र कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी छन् । चित्रमा अङ्कित भूदृश्य चिन्न उनले आफ्नो विशेषज्ञता प्रयोग गरेकी छन् । चित्रमा चौधौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा दुई रुपियाँ ४१ पैसा र डिजेल लिटरमा चार रुपियाँ ९१ पैसा बढेर आएको थियो । सोही मूल्य अनुसार स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
‘मधुपर्क’ मासिक आफ्नो छपन्न वर्षको वयसन्धि पूरा गरी सन्ताउन्नौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो छ सय छप्पन्न अङ्क प्रकाशित गरिसकेको यसले यस किसिमको लामो समयावधिभित्र
गएको मे ११ मा अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक बाढी आयो । लेदोसहितको बाढीले तीन सयभन्दा बढी मानिसको मृत्यु भयो । दुई हजार ११ घर नष्ट भए । दुई हजार आठ सय घर क्षतिग्रस्त भए । त्यसैगरी मे ४ मा ब्राजिलमा भीषण वर्षा भयो । भीषण वर्षापछि आएको बाढीमा ७५ जनाको मृत्यु भयो भने १०३ जना बेपत्ता भए । ८८ हजार मानिस घरवारविहीन भए । आठ लाख मानिस खानेपानी र बिजुलीबाट वञ्चित भए । मे २ र ३ मा खाडी क्षेत्रमा अकल्पनीय भीषण वर्षा भयो । एक वर्षमा हुने वर्षा एकै दिनमा भयो । इतिहासमै नभएको ठूलो वर्षाले संयुक्त अरब इमिरेट्सको दुबई शहर तथा अर्को देश ओमान डुबा
इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो ।
सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुक्खा मौसममा जुनारका बिरुवामा सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यव्रm
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।
पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा रहेको चौबिसे क्षेत्र धनकुटाको एक महìवपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार–राजारानी–रबिराँके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटकलाई अधिक लोभ्याउने गर्छ ।
नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ । नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा निर्माणाधीन कृषि उपज तथा कोल्ड स्टोर (शीतभण्डार) निर्माण गर्दा उपभोक्ता समितिबाट गर्न सकिने सीमाभन्दा बढीको निर्माण कार्य गरेको पाइएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण गरिने भएको छ । आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ । पालिकाका पाँच वडाका करिब दुई हजार घरधुरीलाई लक्षित गरी आयोजना सुरु गरिएको छत्रदेव गाउँपालिकाले जनाएको छ । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत ‘एक घर, एक धारा’ निर्माण गरिने भएको हो । बिडारी निर्माण सेवाले ३० करोड २२ लाख रुपियाँको लागतमा २०७९ चैत १ गते ठेक्का लिएको थियो ।
दाङमा लागुपदार्थ दुर्व्यसनको दलदलमा फसेका झन्डै तीन सय जनाको उपचार भइरहेको छ । जिल्लाका १३ वटा पुनस्र्थापना केन्द्रमा २९५ उपचाररत छन् । चालु आर्थिक वर्षको असार महिनासम्म ५६६ जना उपचार गरेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले बर्सेनि जिल्लामा लागुऔषध अपराधका मुद्दा बढ्दो क्रममा रहेको देखाएको छ । २०७६/०७७ मा ३४ वटा लागुऔषध अपराधमा मुद्दा दर्ता भएकोमा २०७७/७८ मा त्यो सङ्ख्या बढेर ३९ पुग्यो । २०७८/७९ मा झन् बढेर ५९ पुग्यो भने २०७९/८० मा पनि ५९ वटा लागुऔषध अपराधका मुद्दा दर्ता भए । चालु आवमा हालसम्म ४५ वटा मुद्दा दर्ता भएका छन् ।