बागमती प्रदेश सभाले गठन भएयताको सात वर्षपछि पहिलो पटक उत्तरविधायिकी परीक्षण गर्ने अभ्यास सुरु गरेको छ । उत्तरविधायिकी परीक्षणमा
पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ ।
पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ ।
‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ ।
प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षणमा कर्णाली प्रदेश सरकारले बल्ल योजना बनाउँदै छ
कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
तत्कालीन रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लालाई लक्षित गरेर २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा छ ।
संरक्षणको अभावमा कुसुन्डा जातिको भाषा र संस्कृति लोप हुँदै गएको छ । जाति लोप हुँदै गएसँगै उनीहरूको भाषा र संस्कृति पनि हराउँदै गएको हो ।
पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा यतिबेला जाडो छल्न विभिन्न किसिमका चरा आइपुगेका छन् ।
राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार रहेको बुटवलको फूलबारी भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहाेर नजलाउन आग्रह गरेको छ ।
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।
काठमाडौँ , मङ्सिर १० गते । काठमाडौँ महानगरपालिका १६ स्थित माछापोखरी सडक किनारामा सोमबार बिहान तरकारी तथा कृषि उपज खरिदबिक्री गरिँदै । तस्बिर ः रासस
महोत्तरी, मङ्सिर १० गते ।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित ग्रामीण सडकमा हुस्सुका बिचमा पराल बोकेर हिँडिरहेका स्थानीय एक किसान । तस्बिर ः रासस
चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् ।