राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
धनगढीको पार्कमोडमा स्थानीय महिलालाई स्वरोजगारको अवसर जुटाउन गरिएको ‘शनिवारीय’ मेलामा थारु खानाका परिकारको स्टल राख्नुभएकी धनगढी उपमहानगरपालिका —१५ सुर्मी गाउँकी सुनिता चौधरी । मेलामा थारु समुदायका खानाका परिकार ग्राहकको बढी रोजाइमा परेको छ ।
ताप्लेजुङमा अवस्थित पाथीभरा दर्शन गर्न जाने पदमार्गअन्तर्गत काफ्लेपाटीमा बिक्रीका लागि सुकाएर राखिएको चौंरी गाईको ताजा छुर्पी ।
सुनसरीको इटहरी उपमहानगरपालिका –१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।
बर्दियाको बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका छन् । विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका हुन् ।
जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् ।
ललितपुर महानगरपालिका वडा १६ ले आदिबासी जनजाति सांस्कृतिक महोत्सव २०८१ गर्ने तयारी गरेको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म धरहरा सर्वसधारणका खुला गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ।
सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ।
मंहिला हिंसाविरुद्ध १६ दिने अभियानमा महिला पुर्नस्थापना केन्द्र, ओरेक नेपालले जनचेतनामूलक सडक प्रदर्शन गर्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गर्नुभएको छ।