• ९ मंसिर २०८१, आइतबार

एकै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न

blog

शनिबार २३ जोडीको बिवाह सम्पन्न भएको घोडाघोडी तालसँगै जोडिएको घोडाघोडी मन्दिर । तस्विरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर ९ गते । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् ।  

घोडाघोडी मन्दिरमा बिवाह, ब्रतवन्धलगायत धार्मिक कर्मकाण्डहरुसँगै यहाँका स्थानीयको बलियो आम्दानीको स्रोत पनि बनेको छ । शनिबार घोडाघोडी मन्दिरमा २३ जोडीको बिवाह सम्पन्न भएको छ । मन्दिरकै आम्दानीबाट गुरुकुल सञ्चालन गरिएको गुरुकुलका प्राचार्य शंकरप्रसाद संज्यालले बताउनुभयो । 

उहाँले शनिबार एउटै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न भएको उल्लेखगर्दै यो बर्षको सबैभन्दा धेरैले एकै दिन बिवाह गरेको दिनका रुपमा सम्झनुभयो । मङ्सिरको महिना शनिबार मात्रै एउटा लगन भएकाले पनि एकै दिन बिवाह गर्नेको संख्या बढी भएको उहाँको भनाइ छ ।

घोडाघोडी मन्दिरमा २०५८ सालदेखि सनातन धर्म संस्कृति वेदविद्या आश्रमले बिवाह, ब्रतवन्धलगायत पूजापाठ गरेवापतको शुल्क लिने गरेको छ । उक्त शुल्कबाट ६ देखि १० कक्षासम्म गुरुकुल सञ्चालनको व्यवस्था मिलाएको प्राचार्य संज्यालले बताउनुभयो ।

एकजोडी बिवाहको आठसय पाँच रुपियाँको दरले शुल्क लिने गरेकोसमेत उहाँले उल्लेख गर्दै शनिबार बिवाहबाट राम्रै आम्दानी भएको बताउनुभयो । घोडाघोडीमा प्रयायजसो बिवाह, व्रतवन्ध सँगै हुने गर्दछ । शनिबार एउटा मात्र लगन भएकाले पनि बिवाह धेरै भएको प्राचार्यले बताउनुभयो ।