भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलको निमन्त्रणामा नेपाल आउनुभएको भारतका स्थल सेनाध्यक्ष द्विवेदी र उहाँका श्रीमती सुनिता द्विवेदी आइतबार स्वदेश फिर्ता हुनुभएको हो ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको छ ।
समुद्री सतहबाट तीन हजार पाँच सय ४० मिटरमा अवस्थित गङ्गापूर्ण ताल पर्यटन र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित गङ्गापूर्ण चिसोका कारण जम्न थालेको छ । यो हिमनदीबाट निर्माण भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सर्वाधिक राशिको पुरस्कारसहित मकवानपुरमा टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जनकपुरधाममा “उद्यमशील संस्कृति, राष्ट्रिय समृद्धि” भन्ने मूल नाराका साथ १० औं उद्योग दिवस भव्यताका साथ मनाइएको छ ।
डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।
दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामना गर्न सहयोग गर्न प्रतिवर्ष कम्तीमा तीन सय अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ। आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धिगरी आलु कृषकको आयस्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको हो ।
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका ६५ उद्योगीहरु सम्मानित भएका छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।