सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आइतबार गल्फ टुर सन् २०२४/२५ को खेल तालिका सार्वजनिक गरेको हो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ ।
बाँकेको कोहलपुर नगर अस्पतालले केही महिना ढिला गरेरै भए पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।
जिनियस आईबी वर्ल्ड स्कुल, ललितपुरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गाको अक्सिजन प्लान्टमा समस्या आएको छ । विगत आठ महिना अघिदेखि अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि रोनक उप्रेती र अमेरिकाकी रचेल डेभिडसनले जित्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिकाले आन्तरिक राजश्व वृद्धिका लागि एक महिने घुम्ती व्यवसाय दर्ता तथा बहाल कर सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ । उक्त कार्यक्रममा समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।