बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आइतबार सम्पन्न भएको छ। सम्मेलनमा थाइल्यान्डबाट आउनुभएका ९८ वर्षीय आचार्य सुजिनले भगवान् बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिनुभएको छ।
बागमती प्रदेश सरकारले प्रदेशभरका १४ उद्यमीलाई नगदसहित सम्मान गरेको छ । प्रदेशको प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्डअनुसार उच्चतम अङ्क प्राप्त गर्ने उत्कृष्ट उद्यमी र समष्टिगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्न सफल एक सर्वोत्कृष्ट उद्यमीलाई छनोट गरी सम्मान गरिएको हो ।
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन गर्न सबै सकारात्मक हुनुपर्ने बताउनुभएको छ।
अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानुनहरू औपचारिक रूपमा खारेज गरेको छ ।
ताप्लेजुङ जिल्ला अदालतबाट प्रवाह हुने नियमित सुनुवाइ लगायतका सेवा प्रभावित भएको छ । यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका कारण जिल्ला अदालतले गर्ने नियमित लगायतका सेवा प्रभावित भएको हो ।
निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी साधन सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
कवि गोविन्दराज विनोदीको अङ्ग्रेजी अनुवादसहितको 'अनुपमा धर्ती' कविता सङ्ग्रह सार्वजनिक भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा आइतबार गैँडाकोटमा सम्पन्न कार्यक्रममा सो कृति विमोचन गरिएको हो ।
सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा चर्च ब्वाइज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिनुभएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।