• १२ पुस २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

blog

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारी

काठमाडौं, मङ्सिर ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।  सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागू हुनेगरी उहाँको स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।