महोत्तरीको सुदूर उत्तरी क्षेत्रको विभिन्न स्थानमा अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा छापामारी सवडिभिजन वन कार्यालयका पदाधिकारीले काठ तथा फर्निचर नियन्त्रणमा लिएका छन् ।
एक्काइसौँ शताब्दीको सुरुआतसँगै विश्वमा जनसङ्ख्याका अनेक समस्याहरु सतहमा देखिएका छन् । कुनैबेला जनसङ्ख्याको तीव्र वृद्धिलाई समस्याका रुपमा लिइन्थ्यो तर अहिले प्रजनन दरमा आएको गिरावट र जनसङ्ख्याको आकार घट्दै गएको अवस्था विश्वव्यापी रुपमा देखिएको छ ।
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
दशौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर म्याग्दीका विभिन्न क्षेत्रका तीन जना उद्यमी सम्मान गरिएको छ ।
टर्कीले नवीकरणीय उर्जामा जोड दिने बताएको छ । ऊर्जा फोरमको सञ्चालन गर्दै टर्कीले सो जानकारी गराएको हो ।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको लेबनानी प्रधानमन्त्रीले बताउनुभएको छ ।
अजरबैजान, मङ्सिर ९ गते । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप—२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिबद्धता आएको छ ।यो रकम धनी देशहरुले गरिब देशहरुमा जलवायु अनुकूलन र न्यूनीकरण तथा हानि नोक्सानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ । अल्पविकसित, विकासशील, समुद्री टापु भएका देशहरुको समूह लगायतले प्रतिवर्ष १ दशमलव ३ ट्रिलिएन अमेरिकी डलर जलवायु प्रभावित अति कम विकसित लगायत मुलुकमा जलवायु कार्यकमा लगानी गर्नुपर्ने माग गर्दै आएका थिए । ३ बर्ष लगाएर युएनएफसिसिले तयार गरेको जलवायु जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्युजी)को मस्यौदा झन्डै दर्जन पटक संशोधन भएको थियो । शुक्रवार सार्वजनिक भएको मस्यौदामा २ सय ५० वबिलिएन डलर प्रस्ताव गरिएपछि गरिव मुलुकहरुले बैठक बहिष्कार गरेर विराेधमा उत्रिएका थिए । निर्धारित समयावधिभन्दा एक दिन एक रात बढी लम्बिएको सम्मेलनले अन्तिम समयमा आएर जलवायु वित्तलाई ३ सय बिलियन अमेरिकी डलर प्रतिवर्ष परिचालन गर्ने प्रतिबद्धता अघि सारेको हो । यद्यपि यो गरिव देशहरूले माग गर्दै गरेको निकै भन्दा कम हो । यो अन्तिममा आएको प्रतिबद्धताले गरिब मुलुकहरुको आक्रोशलाई केही हदसम्म साम्य बनाएको छ तर अल्पविकसित देशहरुले यसको समेत कडा विरोध गरेका छन् । अझै कैयौँ विषयहरुमा अस्पष्टता छन् भने कतिपय विषय कोप—३० मा धलेकिएको छ । यद्यपि जलवायु वित्तको नयाँ प्रतिबद्धताले सम्मेलनलाई असफल हुनबाट मात्रै जोगाएको छ । बाँकी विषयमा गरिब मुलुकहरुले अझै पनि सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । यसअघि जलवायु वित्तमा सहमति नजुटेपछि शनिवार राती नै प्रेसिडेन्सीले पेरिस सम्झौताको दफा ६ को प्यारा २ र ४ को लागि महत्वपूर्ण निर्णय प्लेनरीबाट पास गराएका थिए । यो निर्णयसँगै अब कार्बन व्यापारको लागि औपचारिक बाटो खुलेको छ जसले १.५ डिग्री तापक्रम वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यो सम्मेलनले सहमति जुटाउन नसकेका विषयहरुलाई पेरिस सम्झौताको दफा १६ को प्रयोग गरी प्रेसिडेन्सीले आगामी कोपमा छलफल हुनेगरी आफ्नो अधिकार प्रयोग गरेका छन् ।कोप—२९ लाई जलवायु वित्त कोप भनिएको थियो । सम्मेलनको अवधि सकिँदा पनि सहमति नजुटेपछि सम्मेलन असफल हुने आशङ्का गरिएको थियो । विशेष गरेर जलवायु वित्तसँग जोडिएका विषयहरु एनसिक्युजीमा उल्लेख भएका विषयहरु भएको र ती विषय पैसासँग जोडिएको हुनाले वित्तको निर्णय नहुँदा त्यसको असर अन्य महत्वपूर्ण क्षेत्रमा आँकलन गरिरहेको समयमा अन्तिम समयमा वित्तमा जुटेको सहमतिलाई नाटकीय रुपमा हेरिएको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सम्मेलनमा आएको वित्तीय प्रतिबद्धतालाई सकारात्मक रुपमा नै लिनुपर्ने प्रतिक्रिया दिनुभयो । जि सेभेन्टी सेभेन र चाइनाको अलाइन्सले १ दशमलव ३ ट्रिलियन भनेको भए पनि विकसित देशहरु त्यसमा सहमत नभएको अवस्थामा दुई पक्षीय नेगोसिएशनले वित्त निर्धारण हुने भए पनि धनि देशहरुले एकतर्फी रुपमा ३०० बिलियन प्रतिवर्षको घोषणा गरेका छन् । यो निर्णय पूर्ण नभए पनि प्रतिबद्धता जनाएको रकम इमानदारीपूर्वक परिचालन गरिए यसले जलवायु कार्यमा लगानी बढ्ने प्रतिक्रिया दिनुभयो । कार्बन व्यापार, हानि नोक्सानी कोष परिचालन लगायत केही विषयमा कोपले राम्रा निर्णय गरेको पनि उहाँले बताउनुभयो । कतिपय निर्णयहरु नेपाल पक्षबाट हेर्दा उपलब्धिपूर्ण नै रहेको पनि उहाँले बताउनुभयो । तर जलवायु अनुकूलन कार्य, लैङ्गिक समावेशीलगायत विषयमा भारतलगायत मुलुकले असहमति जनाएका छन् ।
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।
तनहुँ, मङ्सिर ९ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । प्याकेज १ अन्तर्गत बाँध निर्माणका लागि फाउन्डेसनको कार्यलाई तीव्रता दिइएको छ । तस्बिरः रासस
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ ।
साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।
आएछ मङ्सिर जहाँ धनधान्य बोकी झार्छन् किसान पसिना प्रतिभा नरोकी
फुङ्लिङ, मङ्सिर ९ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर [बेस क्याम्प] जाने पदमार्गमा देखिएको नाउर [वन भेडा । तस्बिरः रासस