चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आइतबार चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ ।
बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।
विसं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुग्नुभएका टङ्कलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
तुलसीपुरमा भएको चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८१ को उपाधि टरिगाउँ युथ क्लब तुलसीपुर १२ ले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर –५ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा ब्रिगेड ब्वाइज ललितपुर काठमाडौलाई २–१ गोलले पराजित गर्दै टरिगाँउ युथ क्लबले उपाधिसँगै ट्रफी उचालेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक बिक्रीका लागि राखेका हस्तकला सामग्री हेर्दै ।
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका –९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बाल अधिकार रक्षकको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।
नेपाल आर्मीका मुकेश पाल र धादिङकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो हुनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको विकास नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै गर्ने बताउनुभएको छ।
इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।