चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो ।
श्रीलङ्काको नयाँ वामपन्थी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को विवादास्पद कर्जा सहयोग (बेलआउट)कार्यक्रमलाई अघि बढाउन सहमत भएको छ । कार्यक्रममा कडा मितव्ययिता र आर्थिक सुधार समावेश छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।
करदाता सेवा कार्यालय गुल्मीले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को समापन कार्यक्रममा जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले भ्रष्टाचारमुक्त मधेश बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टीको नगर कार्यालयको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।
इलामको नेपाल भारत सीमावर्ती बजार पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीको संक्रमणपछि सुस्ताएको पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहलसँगै आर्थिक गतिविधि बढेको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।
बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरुले शनिबार बताएका छन् ।
गोरखापत्रको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएकी मञ्जु सापकोटालाई विदाइ गरिएको छ । नयाँ नेपाल भाषा पृष्ठ संयोजक समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ। जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल भएको छ ।