नेपालका सन्जितकुमार राईले युकेमा आइतबार हुने डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ ।
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ ।
मेची राजमार्गको इलाम–फिदिम सडक खण्डनजिक पाँचथरको फाल्गुनन्द गाउँपालिका –३ मा बत्तीसे झर्ना रहेको छ । यो झर्ना जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।
गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–६ भन्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिबार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।
दोलखाका विकासका लागि बाग्मती प्रदेश सरकारको प्राथमिकता राखेको बताउनुभएको छ । दोलखा सदरमुकाम चरिकोटमा मुख्य न्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको न्यायिक समिति तथा जनप्रतिनिधिहरूसँग अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सो कुरा बताउनुभयो ।
भोजपुर, मङ्सिर ८ गते । भोजपुर मुन्धुम पदमार्ग अन्तर्गत मैयुङ्डाँडा क्षेत्रमा चर्दै गरेका घोडाहरू । तस्बिरः रासस
मत्स्य विकास केन्द्र भण्डारा, चितवनमा पालिएका माछा पोखरीबाट निकाल्दै कामदारहरु । केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा तथा माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।
आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ ।
कीर्तिपुर, मङ्सिर ८ गते । नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’ । कीर्तिपुरको मङ्गल बहुमुखी क्याम्पस परिसरमा शुक्रबार देखिएको यो चरा काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा पाइन्छ । तस्बिरः रासस
सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ ।
मुस्ताङको घरपझोङ चक्रपथ अन्तर्गत जोमसोम,ठिनी, ढुम्बा र तिब्बतीयन क्याम्प हुँदै छैरो गाउँ जोड्ने कालोपत्र गरिएको सडक ।
तनहुँ, मङ्सिर ८ गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट म्याग्दे गाउँपालिकातर्फ देखिएको कुहिरोको दृश्य । तस्बिरः रासस
तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।