लगानीको वातावरण सिर्जना हुने गरी विश्व समुदायमा नेपालको साख बढेको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सरकारले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क रूपमा धरहरा सञ्चालन गर्दै आएको सरकारले अब भने शुल्क लिएर घरहरा सञ्चालन गर्ने भएको हो ।
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ । साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले नेपाली पत्रकारितामा अझै मालिकहरुको रजगज रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देश बचाउने र बनाउने अभियानमा सबैजना एक हुनुपर्ने बताउनुभएको छ ।
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई समावेश गरेको हो ।
कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार प्रा.डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीयस्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
रुसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी-एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।