• १२ पुस २०८१, शुक्रबार

‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण

blog

‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण समारोह ।

काठमाडौँ, २०८१ मङ्सिर ८ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण गर्नुभएको छ । 

समारोहबिच प्रज्ञा–प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा लोकार्पण गर्नुभएको थियो। कुलपति राईले मुक्तकले घटना प्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनुभयो । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्नु पर्ने उल्लेख गर्नुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित  मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनुभएको थियो ।

उहाँले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति ,मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताउनुभएको थियो ।

मुक्तककार पार्वती भट्ट, कार्मु चौलागाईं , प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन तीनवटा मुक्तक वाचन गर्नुभयो।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवकर पौडेललगायतका मुक्तककार सुनिल अधिकारी, रमेश पौडेल र प्रतीक ढकालका साथै कोमल ढुङ्गाना र आयुश्री चौलागाईंले शुभकामना मनतव्य राख्नुभएको थियो। 

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मन्तव्य राख्नुभएको थियो ।